PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

दोलखालाई केन्द्र बनाएर ४ म्याग्निच्युडको परकम्प 



रासस

दोलखालाई केन्द्र बनाएर ४ म्याग्निच्युडको परकम्प 

काठमाडौँ : दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ। 

आज बिहान १० बजेर २९ मिनेट जाँदा ४ म्याग्निच्युडको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

दोलखा र रामेछापको आसपास केन्द्रविन्दु रहेकाले रामेछापमा ठूलो धक्का महसुस भएको जनाइएको छ । 

२०७२ वैशाख १२ को खोरखा भूकम्पपछि हालसम्म चार म्याग्निच्युडभन्दा माथिका ४८४ परकम्प गएको विभागका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell