काठमाडौं: फिल्म 'रुद्रप्रिया'को पोस्टर सार्वजनिक भएको छ। फिल्म प्रचारको लागि फिल्म युनिटले तीन पोस्टर एकसाथ रिलिज गरेको हो। आउँदो लक्ष्मी पूजा अर्थात कार्तिक २ गते फिल्मको रिलिज टार्गेट रहेको छ।
फिल्ममा रेखा थापा र आर्यन सिग्देलको मुख्य अभिनय रहेको छ। सात वर्षपछि एकै पर्दामा देखिन लागेको यो जोडीले फिल्मलाई सह- निर्माण गरेका हुन्। अन्य कलाकार राजन इशान, विश्व बस्नेत लगायतको पनि फिल्ममा अभिनय रहेको छ। सार्वजनिक पोस्टरमा भने मुख्य अभिनेता र अभिनेत्रीको फिचरिङ रहेको छ।
सुदिप बबी भूपाल सिंहको लेखन तथा निर्देशन रहने फिल्म ‘रुद्रप्रिया’ को छायाँकन आउँदो जेठ महिनाको पहिलो सातादेखि सुरु हुनेछ। फिल्मको रिलिज टार्गेट कात्तिक २ गते लक्ष्मी पूजालाई तोकिएको छ। रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा रहेको फिल्ममा संजय लामाको छायाँकन, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ।