PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

पूर्व मिस नेपाल उषा खड्गी अब निर्माता पनि, पतिले गर्नेछन्- एक्शन कट्



पहिलोपोस्ट

पूर्व मिस नेपाल उषा खड्गी अब निर्माता पनि, पतिले गर्नेछन्- एक्शन कट्

काठमाडौं: नेपाली महिला सेलिब्रेटी फिल्म निर्माणमा आकर्षित भइरहँदा उषा खड्गीले पनि फिल्म 'आउँदै जाँदै' निर्माण गर्ने भएकी छिन्। पुर्व मिस नेपाल उषा खड्गीकै रुपमा आजसम्म चर्चामा रहेकी खड्गीले अब निर्माताको परिचय बनाउने भएकी हुन्। उनीसँग फिल्म निर्माणमा सहकार्य गर्दैछन् मनोज श्रेष्ठ भडेलले। आइतवार एक कार्यक्रमका आयोजना गरी फिल्म घोषणा भएको हो।

फिल्मलाई सञ्चारकर्मी जिपि तिमल्सिनाले निर्देशन गर्ने बताइएको छ। होम प्रोडक्शन मार्फत यी दुई पति पत्नीले निर्माण र निर्देशनमा डेब्यु गर्न लागेका हुन्। प्रेम र बिछोडको कथा फिल्मको केन्द्रमा छ। 'युवापुस्तामा हुने आकर्षण, त्यसले जोड्ने प्रेम र टाढा हुनुको पीडालाई फिल्ममा देखाउने छौं', निर्देशक जिपिले बताए।

आउँदै जाँदैको लागि कलाकार चयन भइसकेको छैन। तिहार अघिसम्म कास्ट फाइनल गरेर तिहारपछि फिल्म छायांकनको लागि फ्लोरमा जानेछ। सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाको कथा रहेको फिल्म चितवन, काठमाडौं र अष्ट्रेलियामा छायांकन हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell