PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

बागलुङको ग्वालीचौरमा जीप दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते



पहिलोपोस्ट

बागलुङको ग्वालीचौरमा जीप दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

  • नरहरि पौड्याल
पोखराः  बागलुङको बडीगाड गाउँपालिकाको ग्वालीचौरमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

ध १ ज १८४ नम्बरको जीप बडिगाड गाँउपालिका वडा नम्बर ५ को ग्वालीचौरमा दुर्घटना भएको हो। जीप जलजलाबाट बागलुङ आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जीप सडकबाट करिब ९ सय मिटर तल खसेको छ। 

मृतक तथा घाइतेको परिचय खुलेको छैन। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुको स्थानीय प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

गम्भीर घाइतेहरुलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell