PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

पेनड्राइभमा भेट्टियो अक्षय कुमारको 'ट्वाइलेट'



पहिलोपोस्ट

पेनड्राइभमा भेट्टियो अक्षय कुमारको 'ट्वाइलेट'

फिल्म पाइरेसी बलिउड र नेपाली फिल्म इन्डस्ट्रीमा बढ्दो छ। इटरनेटको अव्यवस्थित प्रयोगले फिल्म क्षेत्रमा साइबर क्राइमले व्यवसायिक असर समेत गरेको खबर सार्वजनिक भइरहन्छ। अक्षय कुमारको फिल्म 'ट्वाइलेट एक प्रेमाकथा' पनि पाइरेसीबाट बचेको छ। र फिल्म गैरकानुनी रुपमा वेब साइट र टोरेन्टमा अपलोड हुनुअघि लिक हुनबाट जोगिएको छ।

नृत्य निर्देशक एवं अभिनेता रेमो डिसुजाले फिल्मको कपी भेटेका हुन्। आफ्नो जिम सेन्टरमा भेटेको पेनड्राइभको कन्टेन्ट चेक गर्दा त्यसमा फिल्म देखिएको हो। उनले तत्कार पेनड्राइभ फिल्म निर्माता प्रेरणा अरोरालाई बुझाएको बलिउड हंगामाले जनाएको छ। रेमोलाई पनि उक्त पेनड्राइभ उनको ट्रेनरले दिएका थिए। भाग्यबस् त्यसअघि पेन्ड्राइभ कसैले चेक गरेन। रेमोले फिल्मको कुनै पनि फुटेज कसैलाई पनि नदेखाएको बताएका छन्।

फिल्म कताबाट कसले पेनड्राइभमा राख्यो भन्ने बारे कसैलाई जानकारी छैन। त्यसैले फिल्म निर्माण युनिट यस विषयलाई कानुनी ढङ्गबाट अगाडी बढाउन चाहन्छ। फिल्म पाइरेसी माथी अनुसन्धान भइरहेको छ। रिपोर्टका अनुसार भेटिएको पेनड्राइभ हाल प्रहरीले राखेको छ। क्राइम ब्रान्चले फिल्म पाइरेसीको मुद्दालाई गम्भिर रुपमा लिएकोमा अभिनेता रहेका अक्षय कुमारले धन्यवाद व्यक्त गरे। उनले ट्विटरमार्फत पाइरेसी बिरुद्ध लड्न आग्रह र आफूलाई साथ दिनेलाई धन्यवाद व्यक्त गरेका छन्।


अगस्ट ११ रिलिज तयारीमा रहेको फिल्ममा भूमी पेड्नेकर र अनुपम खेरको पनि अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell