PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

कोनकाकाफ गोल्डकप : डिफेण्डिङ च्याम्पियन मेक्सिको आउट, उपाधिका लागि अमेरिका र जमैका भिड्ने



पहिलोपोस्ट

कोनकाकाफ गोल्डकप : डिफेण्डिङ च्याम्पियन मेक्सिको आउट, उपाधिका लागि अमेरिका र जमैका भिड्ने
फोटो : एएफपी

डिफेण्डिङ च्याम्पियन मेक्सिकोलाई हराउँदै जमैका लगाताचर दोस्रो पटक कोनकाकाफ गोल्डकपको फाइनलमा पुगेको छ। गएराती भएको दोस्रो सेमिफाइनलमा जमैकाले मेक्सिकोलाई १-० ले पराजित गर्दै आयोजक अमेरिकासँगको फाइनल भिडन्त पक्का गरेको हो।

जमैकालाई फाइनल पुर्‍याउन खेल सकिन दुई मिनेट बाँकी छदा केमर लवरेन्सले निर्णायक गोल गरे।

पहिलो सेमिफाइनलमा घरेलु टोली अमेरिकाले कोस्टारिकालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। अमेरिका सन् २०१३ को च्याम्पियन समेत हो। यता जमैकाले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन।

गत वर्ष फाइनलमा पराजित भएको जमैका र घरेलु टोली अमेरिका बीचको फाइनल खेल यही बुधबार अमेरिकाको सान्टा क्लारामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell