PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

आंशिक प्राध्यापकहरुले भोलिदेखि रिले अनसन सुरु गर्ने



पहिलोपोस्ट

आंशिक प्राध्यापकहरुले भोलिदेखि रिले अनसन सुरु गर्ने

काठमाडौ : स्थायीलगायतका विभिन्न माग राखी आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले भोलिदेखि रिले अनसन सुरु गर्ने घोषणा गरेका छन्।
राजधानीमा भेला गरी नेपाल आंशिक प्राध्यापक संघले रिले अनसन सुरु गर्ने घोषणा गरेको हो। 

संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडि रिले अनुसन सुरु गर्ने घोषणा गरेको छ।

पहिलो चरणको रिले आन्दोलन २२ साउनसम्मका लागि घोषणा गरिएको छ भने त्यतिन्जेलसम्म पनि माग पूरा नभए थप कडा आन्दोलनका कार्यक्रम अघि सार्ने संघको राष्ट्रिय भेलाले घोषणा गरेको छ।

अनसनमा काठमाडौँ भित्र र बाहिरका कलेजहरूको पालो तोकिएको छ । संघ स्थायीको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell