PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

एसियन युथ एण्ड जुनियर भारोत्तोलन च्याम्पियनसिप सुरु, हेर्नुस् फोटोमा

एसियन युथ एण्ड जुनियर भारोत्तोलन च्याम्पियनसिप सुरु, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : १९औं युथ, २४ औं जुनियर महिला तथा ३१औं जुनियर पुरुष एसियन भारोत्तोलन च्याम्पियनसिपका खेलहरु सोमबाट सुरु भएको छ।

आइतबारै लगनखेलस्थित नेपाली सेनाको शारिरिक तालिम तथा खेलकुद केन्द्रमा आपचारिक उछाटद्द भएको च्याम्पियनसिपका प्रतिस्पर्धाहरु भने आजबाट सुरु भएको हो।

पहिलो दिन नेपालका तीन खेलाडीले सुरुमै प्रतिस्पर्धा गरेका थिए। शनिबारसम्म सञ्चालन हुने च्याम्पियनसिपका एसियाका ३८ राष्ट्रका तीन सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको छ।

तीन क्याटेगोरीका विभिन्न ३२ स्पर्धामा प्रतिस्पर्धा हुने भएतापनि नेपालबाट जम्मा १३ खेलाडीले मात्र सहभागिता जनाएका छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell