PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

दाङमा २० भन्दा बढी कांग्रेस कार्यकर्ता कार्वाहीमा, पार्टीको निर्णयविरुद्ध काम गरेको आरोप



रासस

दाङमा २० भन्दा बढी कांग्रेस कार्यकर्ता कार्वाहीमा, पार्टीको निर्णयविरुद्ध काम गरेको आरोप

दाङ : नेपाली कांग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने पार्टीका २० भन्दा बढी सदस्यलाई कारबाही गरेको छ। 

जसमा विद्रोह गरी उम्मेदवारी दिएका वडा नं ७ का निर्वाचित अध्यक्ष महावीर चौधरी सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर खत्री, प्रस्तावक वासुदेव बस्नेत र प्रताप बाँठा, टीकाबहादुर अधिकारी, गोविन्द डाँगी, डिल्लीबहादुर बुढाथोकी, दिनेशकुमार बुढाथोकी, भूपूबहादुर बुढाथोकी, भूपबहादुर हमाल, विष्णुप्रकाश हमाल, गोपाल बुढाथोकी, सुरेन्द्रकुमार हमाल, भानुभक्त अधिकारी, कुम्भकुमारी अधिकारी, प्रकाश बस्नेत, गोविन्दप्रसाद शर्मा, नेकमान बस्नेत, मानबहादुर डाँगी, भीमबहादुर डाँगी छन्। 

त्यस्तै, वडा नं ६ का चित्रबहादुर डाँगी, मंगल थापा, टेकबहादुर भण्डारी, छन् भने वडा नं ४ वाट धनेश्वर भण्डारीलाई कारबाही गरेको नेपाली कांग्रेस बबई गाउँपालिका संयोजक बलबहादुर बुढाले जानकारी दिए। कारबाहीमा परेकामध्ये चारजना नै चारवटा विद्यालयका प्रधानाध्यापक हुन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell