PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

जीप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो



रासस

जीप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो

बागलुङ : बागलुङको बढीगाड गाउँपालिका–५ मा भएको जीप दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ। 

यहाँ उपचार हुन नसकेपछि उनीहरुलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ पठाइएको बागलुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। 

उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाएका गम्भीर घाइतेहरुमा बढीगाड गाउँपालिका–८ का भीमबहादुर सेरबुजा, टेकबहादुर पाइजा, दीपशिखा पाइजा, बालमति पाइजा, दिनेश पाइजा र भीमबहादुर सेरबुजा छन्। 

घाइतेको तत्काल उद्धार र उपचारका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत हेलिकप्टर ल्याउन पहल गरेको थियो। 

जलजलाबाट ग्वालीचौरतर्फ आइरहेको ध १ ज १८४ नम्बरको जीप बादीप भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा चालक बढीगाड गाउँपालिका–४ का २७ वर्षीय तुलबहादुर पुन, सोही ठाउँका ३९ वर्षीय हरमन काउचा, वडा नं ८ का ३६ वर्षीय नारायण सेरबुजा र वडा नं ५ का ६० वर्षीय मुक्तबहादुर पाइजाको घटनास्थलमै मृत्यु भएको थियो। 

साँघुरा घुम्ती र हिलोका कारण चिप्लिएर सडकदेखि करिब सात मिटर तल खसेर जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell