PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

पूर्वसभामुख नेम्वाङ अस्वस्थ, मोडल अस्पतालमा उपचार हुँदै



रासस

पूर्वसभामुख नेम्वाङ अस्वस्थ, मोडल अस्पतालमा उपचार हुँदै

काठमाडौँ : नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ अस्वस्थ भई अस्तालमा भर्ना भएका छन्। 

मधुमेहको मात्रा एक्कासी बढेपछि नेम्वाङलाई आज बिहान प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। 

श्रेष्ठका अनुसार नेम्वाङको अहिले स्वास्थ्यमा सुधार आएपनि चिकित्सकको अवलोकनका लागि अस्पतालमा नै राखिएको छ। 
नेम्वाङलाई आइतबारदेखि मधुमेहको मात्राको असन्तुलन भएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell