PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

संसदमा उठ्यो आवाज : भारत-चीन युद्ध भए हामीलाई अपूरणीय क्षति हुन्छ



पहिलोपोस्ट

संसदमा उठ्यो आवाज : भारत-चीन युद्ध भए हामीलाई अपूरणीय क्षति हुन्छ

काठमाडौँ : दुई छिमेकी देश भारत र चीनबीच बढ्दो तनावले नेपालमा पर्ने असरबारे आज संसदमा आवाज उठेको छ। 

एमाले सांसद युवराज ज्ञवालीले स्थिति भड्किएर नियन्त्रण बाहिर गएमा हामीलाई अपूरणीय क्षति पुग्न सक्नेतर्फ सचेत गराए।

 'भारत चीन बीचमा एक महिनादेखि सीमा विवादलाई लिएर वाकयुद्ध चलिरहेको छ। भारतीय र चिनिया सञ्चारमाध्यले उत्तेजक अभिव्यक्ति दिइरहेका छन्। स्थिति दिन प्रतिदिन भड्किरहेको छ', उनले भने, 'नेपालका तर्फबाट हामी केही गरिरहेका छैनौं। शक्तिशाली दुई मुलुक कुनै कारणले झडप भएमा १९६२ हैन त्योभन्दा ठूलो क्षति पुग्छ। नेपालको तर्फबाट हामीले कुनै भूमिका खृल्नुपर्छ वा पर्दैन?'

उनले नेपालका जिम्मेवार राजनीतिक दलले पनि यसबारे साझा धारणा बनाउनुपर्ने बताए।

'म नेपालका राजनीतिक दलको ध्यानकर्षण गराउँछु। दुवै देशलाई संयम बन्न आग्रह गर्नुपर्छ। मुकदर्शक नबनौं संयम भएर निश्पक्ष रुपमा हामीले बोलौँ', उनले आह्वान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell