PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

प्रधानमन्त्री देउवाद्वारा काबुल आक्रमणको निन्दा



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाद्वारा काबुल आक्रमणको निन्दा

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार पश्चिमी काबुलमा भएको आत्मघाती कारबम हमलाको निन्दा ब्यक्त गरेका छन्।

घटनाबारे ट्विट लेख्दै देउवाले आतंकवादी हमलाको निन्दा गर्दै घाइते तथा मृतकका परिवारप्रति सहानुभूति व्यक्त गरेका हुन्।

पश्चिमी काबुलको उक्त आत्मघाती कारबम हमलामा परी २४ जनाको मृत्यु भएको थियो। भने ४२ घाइते भएका छन्।

सोमबार भएको आत्मघाती आक्रमणको आतंककारी समूह तालिवानले जिम्मा लिएको छ।  सन् २०१७ को सुरुवातदेखि ६ महिनाभित्र अफगानिस्तानमा भएका हत्या, हिंसामा नागरिक मारिने क्रम बढेको छ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय सहयोग मिसनले हालै तयार गरेको एक प्रतिवेदन अनुसार २०१७ मा अफगानिस्तानमा द्वन्द्वमा परी एक हजार ६६२ सर्वसाधारणको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell