PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ब्लुस्काई प्याराग्लाइडिङका संचालक र प्रशिक्षक पक्राउ



पहिलोपोस्ट

ब्लुस्काई प्याराग्लाइडिङका संचालक र प्रशिक्षक पक्राउ
फाइल फोटो

  • नरहरि पौड्याल
पोखराः  प्याराग्लाइडिङ प्रशिक्षणको क्रममा अपनाउनु पर्ने सुरक्षा प्रबन्ध नअपनाएका कारण एक जनाको ज्यान गएको उजुरीका आधारमा प्रहरीले ब्लुस्काई प्याराग्लाइडिङका सञ्चालक र प्रशिक्षकलाई पक्राउ गरेका छ।

असार ५ गते पोखरा ३० का २६ वर्षीय प्रभात सुवेदीको लापरवाहीपूर्ण प्याराग्लाईडिड प्रशिक्षणका क्रममा मृत्यु भएको भन्दै परिवारले उजुरी गरेपछि ब्लुस्काइका सञ्चालक नारायण पराजुली र प्रशिक्षक दामोदर पराजुलीलाई प्रहरीले पक्राउ गरेको हो।

 उनीहरुलाई ज्यान मुद्धामा म्याद थप गरी कास्की प्रहरीको हिरासतमा राखिएको छ। असार ३० गते मृतक सुवेदीका काका गजेन्द्र प्रसाद च्वाईले प्रहरीमा कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका थिए। 

सुवेदीको प्याराग्लाईडिङको सेफ्टी एण्ड रेश्क्यु प्रशिक्षणका क्रममा असार ५ गते फेवातालमा खसेर मृत्यु भएको थियो । 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell