
इनरुवा : सुनसरीको हरिनगरा गाउँपालिका–१ मा गएराति आगलागी हुँदा करिब छ लाख मूल्य बराबरको क्षति भएको छ।
गाउँपालिका–१ का फुदीराम बंगालीको घरमा अचानक आगलागी भएको हो।
प्रहरीका अनुसार आलागीबाट दुईवटा घर र नौवटा चौपाया जलेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। रासस