PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

बच्चा जन्माउन नसकेर चितवनमा पोथी गैंडाको मृत्यु



पहिलोपोस्ट

बच्चा जन्माउन नसकेर चितवनमा पोथी गैंडाको मृत्यु

  • राजेन्द्र आचार्य 
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे पोथी गैंडा बच्चा जन्माउन नसकेर मरेको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द अर्यालका अनुसार निकुञ्जको पश्चिम सेक्टरको दुदौरा पोष्टको दक्षिण पट्टि राप्ती नदी किनारमा  अन्दाजी ५ वर्षको बेदे गैडा बच्चा जन्माउन नसकेर मरेको हो।

चितवनमा गत आर्थिक वर्ष मात्रै २५ वटा गैडा विभिन्न कारणले मरेका थिए। निकुञ्जमा पछिल्लो गणना अनुसार ६ सय ५ वटा गैंडा छन् । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell