PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

पति हत्याको आरोपमा सिरहामा एक महिलासहित दुई पक्राउ



रासस

पति हत्याको आरोपमा सिरहामा एक महिलासहित दुई पक्राउ

लहान : सिरहामा पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी ३४ वर्षीय शत्रुघ्न यादवको जेठ १७ गते हत्या भएको थियो।

घटनाको अनुसन्धानका क्रममा शत्रुघ्न यादवकी कान्छी श्रीमती २५ वर्षीया शुभकलादेवी र सिरहा नगरपालिका–१९ का ५५ वर्षीय रामचरित्र ठाकुरको संलग्नता पाइएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिए। 

घटना लगत्तैदेखि फरार दुवै जनालाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा नगरपालिका–७ हेमनारायण चोक नजिकैबाट पक्राउ गरेको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell