PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

झापामा दुर्घटना कम, मृत्यु बढी



रासस

झापामा दुर्घटना कम, मृत्यु बढी

झापा : गत आर्थिक वर्ष २०७३/७४ मा यहाँ सवारी दुर्घटनामा ८६ जनाको मृत्यु भएको छ। 

सवारी दुर्घटनामा ६९ पुरुष, १३ महिला र चार बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख ढुण्डीराज गिरीले जानकारी दिए।

उनका अनुसार सवारी दुर्घटनाको संख्यामा कमी आएपनि मृत्युदर बढ्दै गएको छ। पछिल्लो तीन वर्षको तथ्यांक अनुसार हरेक वर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा वृद्धि हुँदै गएको छ। आर्थिक वर्ष ०७१/७२ मा ६६, ०७२/७३ मा ७९ र आर्थिक वर्ष ०७३/७४ मा ८६ जनाको मृत्यु भएको छ । 

जिल्लामा सवारी दुर्घटनाको संख्यामा भने कमी आएको छ। आर्थिक वर्ष ०७१/७२ मा १४४, ०७२/७३ मा १९८ र आर्थिक वर्ष ०७३/७४ मा १९१ सवारी दुर्घटना भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell