PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

महन्थ ठाकुरले भने–संविधान संशोधन नभइ निर्वाचनमा सहभागी हुन्नौं



रासस

महन्थ ठाकुरले भने–संविधान संशोधन नभइ निर्वाचनमा सहभागी हुन्नौं

भक्तपुर : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन नभई आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी नहुने बताएका छन्। 

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा संयोजक ठाकुरले संविधान संशोधन आफूहरुको प्रमुख कार्यसूची भएकाले त्यसको पूर्णताविना निर्वाचनमा सहभागी नहुने बताए।

ठाकुरले भने,‘सरकारले जहिले पनि स्पष्ट व्यवहार देखाउन सकेन, सरकारले आफूले गरेको वाचा पूरा नगर्दा समस्या सुल्झिनुभन्दा झनै बल्झँदै गयो।’ 

उनले तराई आन्दोलनमा घाइतेको उपचार र कारागारमा भएकाहरुलाई तत्काल रिहा गर्नुपर्नेतर्फ सरकारले ध्यान नदिएको आरोप लगाए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell