PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

यसरी पक्राउ परे दोलखामा मामाको हत्या गर्ने भाञ्जा



रासस

यसरी पक्राउ परे दोलखामा मामाको हत्या गर्ने भाञ्जा

चरिकोट :  दोलखाको भिमेश्वर नगरपालिका–३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा उनकै भान्जा विक्रम विकलाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ। 

प्रहरीका अनुसार २०६८ साल फागुन ८ गते कालिञ्चोक मन्दिर दर्शन गर्न मामा भान्जा गएको र भान्जा विक्रम विक फर्केको र मामा विनोद नफर्केपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा हत्यामा उनको संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ। 

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले छ वर्षपछि भान्जालाई मामाको हत्यामा संलग्न भएकाले पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए।

विनोदको शव छ वर्ष अगाडि हत्या गरेको अवस्थामा प्रहरीले कालिञ्चोक गाविस–९ स्थित गणेश थुम्की नजिकै भन्ज्याङ गौडामा फेला पारेको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell