
कोलोम्बोः श्रीलङ्कामा डेङ्गुको प्रकोप नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम घोषणा गरेको भएपनि त्यो प्रभावकारी हुन सकेको छैन।
श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ३०१ जनाको मृत्यु भएको छ।
डेङ्गुबाट एक लाख पाँच हजार प्रभावित भएकोमा ३०१ को मृत्यु भएको श्रीलङ्का रेडक्रस सोसाइटीले मङ्गलबार सार्वजनिक गरेको छ।
सन् २०१६ को तुलना यस वर्षको सुरुदेखि अहिलेसम्म नै डेङ्गु प्रभावितको सङ्ख्या दोब्बर भएको जनाइएको छ। सन् २०१६ मा डेङ्गु प्रभावितको सङ्ख्या ५५ हजार १५० रहेको थियो।
यसवर्षको सुरुदेखि हालसम्ममा यो सङ्ख्या एक लाख पाँच हजार पुगिसकेको छ। अहिले पनि यसको प्रकोपमा कमी नअएको अधिकारीहरुको भनाइ छ।
रेडक्रसका स्वयंसेवकको ठूलो सङ्ख्याले डेङ्गु प्रभावितहरुको रोकथामको लागि सरकारलाई सहयोग गर्दै आएको पनि जनाइएको छ।
लामखुट्टेका कारण लाग्ने यस रोगको नियन्त्रणका लागि घर आँगन सरसफाइ राख्न पनि स्वयंसेवकले सल्लाह दिएका छन्। रासस/सिन्ह्वा