PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

अफगानिस्तानमा सेनाको हवाई कारबाहीमा १४३ तालिवान लडाकुको मृत्यु



रासस

अफगानिस्तानमा सेनाको हवाई कारबाहीमा १४३ तालिवान लडाकुको मृत्यु
फोटो श्रोतः dawn.com

मैमानाः अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सैनिकले गरेको हवाई आक्रमणमा नौ जना कमाण्डरसहित १४३ भन्दा बढी आतङ्ककारी मारिएका छन्। 

सुरक्षाबलले तालिवानको आखडालाई लक्षित गरेर कोहिस्तान जिल्लाका केही स्थानमा गरेको यस्तो कारबाहीमा उनीहरु मारिएका हुन्। 

उत्तरी प्रान्तमा अवस्थित कोहिस्तान जिल्लाका खैराबाद, क्युदुघक क्युरुघ, लास र चसमाइ सन्गीन क्षेत्रमा गरेको हवाई आक्रमणमा १४३ आतङ्ककारी मारिनुको साथै अन्य १७ जना घाइते भएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। 

तालिवान आतङ्ककारी समूहले गत आइतवार कोहिस्तान जिल्ला कब्जा गरेका थिए। सो क्षेत्र पुनःनियन्त्रणका लागि सुरक्षाबलले कारबाही जारी राखेका थिए। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell