भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरबाट प्रहरीले मंगलबार दिउसो जुवा खेलिरहेका ११ जुवाडेलाई पक्राउ गरेको छ।
भीमदत्तनगरस्थित क्याम्पस रोडमा रहेको एउटा घरमा लुकिछिपी जुवा खेलिरहेको बेला प्रहरीले कञ्चनपुर, कैलाली र सुर्खेतका गरी ११ जनालाई पाँच लाख ९४ हजार ३२० रकमसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकाया नेतृत्वको टोलीले जुवाडेलाई पक्राउ गरेको हो।
उनीहरुको समूह कैलाली र कञ्चनपुरका विभिन्न जंगलदेखि कोठा भाडामासमेत लिएर प्रहरीलाई छलेर लामो समयदेखि जुवा खेल्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। रासस