
मुम्बई: भारतको आर्थिक राजधानी मुम्बईमा मङ्गलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। घटनामा तीन व्यक्तिको मृत्यु भएको छ। घटनामा ३० जनाभन्दा बढी अन्य व्यक्ति फसेको बताइएको छ। उनीहरूको उद्दारका लागि आवश्यक प्रयास जारी राखिएको छ।
यस घटनाबाट यस पहिले एघार जनालाई उद्धार गरिएको छ। अग्नि नियन्त्रक कार्यायलका एक अधिकारी पी रहाङदेलका अनुसार यस घटनाको उद्वारकार्य लगातार जारी रहेको र करिब तीन दर्जन व्यक्ति अझै भवन भग्नावशेषमा पुरिएका छन्।
यस घटनामा उद्वार गरिएका सवैजनालाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ। भारतीय भौतिक संरचना निर्माण विज्ञले भवन बनाउने क्रममा भवन निर्माण नियमलाई पालना नगरी गुणात्मक सामग्रीको प्रयोग नहुँदा, निर्माणका क्रममा आवश्यक निरीक्षणको अभाव लगायतका कारण भवन भत्किएको जनाएका छन्।
सन् २०१३ मा पनि मुम्बईमा कानुनी प्रावधान नपुर्याइ निर्माण भएको एक भवन भत्किँदा ७४ व्यक्तिको मृत्यु भएको थियो। यसलाई एक दशकभित्रको नै खराव घटनाको रुपमा लिइएको थियो। रासस/सिन्ह्वा