PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

बन्चरो प्रहार गरी बारामा श्रीमानद्वारा श्रीमतीको हत्या



पहिलोपोस्ट

बन्चरो प्रहार गरी बारामा श्रीमानद्वारा श्रीमतीको हत्या

वीरगन्ज: बारामा बन्चरो प्रहार गरी पतिले पत्नीको हत्या गरेका छन्। मंगलबार राति कलैया उपमहानगरपालिका –२४ श्रीपुरका ३५ वर्षका कृष्ण रामले ३० वर्षकी पत्नी उन्ती रामको हत्या गरेको बारा प्रहरीले जनाएको छ।

घरायसी विवादका कारण कृष्णले राति १० बजे श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको र त्यसकै कारण उन्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पत्नीको हत्यापछि कृष्णा फरार रहेको र उनको खोजी भइरहेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए। उन्तीको शव पोस्टमार्टमका लागि कलैया अस्पतालमका राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell