PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

तीन बालबालिका मृत्यु प्रकरणः अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित



रासस

तीन बालबालिका मृत्यु प्रकरणः अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित

भोजपुर : भोजपुरको अरुण गाउँपालिकामा–३ प्याउलीमा असार १२ गते बिहान मृत भेटिएका तीन बालबालिकाको घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित भएका छन्। 

अनुसन्धान प्रक्रियामा ढिलाइ भएको भन्दै गत शनिबार चक्काजाम गरेका थिए भने मंगलबार अरुण गाउँपालिकाभित्रका सबै कार्यालय ठप्प बनाएका थिए। 

पीडित परिवारलाई क्षतिपूर्ति, दोषीलाई तत्काल पक्राउ गरी कारबाहीलगायतका मागसहित स्थानीय आन्दोलनमा उत्रिएको संघर्ष समितिका सदस्य इन्द्र फुँयालले बताए। 

जिल्ला प्रहरी कार्यालय भोजपुरले घटनाको विषयमा तीव्ररुपमै अनुसन्धान गरिरहेको जनाएको छ। स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित सापकोटा र चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा फुँयाल तथा ८ वर्षीय छोरा प्रदीप फुँयाल मर्याङडाँडाको पोखरीमा मृत अवस्थामा भेटिएका थिए। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell