PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

१४ जना साउदी नागरिकलाई मृत्युदण्ड किन ?



रासस

१४ जना साउदी नागरिकलाई मृत्युदण्ड किन ?

दुबई:  दङ्गा, चोरी, र विद्रोही गतिविधि गरेको आरोपमा पक्राउ परेका १४ जना साउदी नागरिकलाई अत्यन्त गैरन्यायिक सामूहिक कारबाहीअन्तर्गत निकट भविष्यमा मृत्युदण्ड दिन लागिएको एम्नेष्टी इन्टरनेशनलले जनाएको छ। 

एम्नेष्टीले जनाए अनुसार गत आइतबार मात्रै १५ जना अन्य साउदी नागरिकविरुद्ध इरानी मुश्लिम सियालाई सघाउनका लागि जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाए तोकिएको थियो। 

साउदी अरबमा विश्वका केही मुलुकमध्ये मृत्युदण्डको दर बढी रहेको छ। 

अतिरूढीवादी मुश्लिमराज्य साउदी अरबमा यस बर्षमात्र ६६ जनालाई विभिन्न अभियोग लगाई मृत्युदण्ड दिइएको लण्डनस्थित मानव अधिकारवादी संस्थाले जनाएको छ। 

एम्नेष्टीले भनेको छ, ‘अरबको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय तोकेका १४ जनालाई यहाँको राजनैतिक नेतृत्व विरुद्ध शसस्त्र विद्रोह गरेको र विभिन्न दङ्गा तथा चोरी प्रकरणमा सामेल भएको फैसलामा छ।’

मध्यपूर्वका एम्नेष्टी इन्टरनेशनलका समाह हदिदले उनीहरूलाई साउदी राजा सलमानको हस्ताक्षरपछि मृत्युदण्ड दिइने कानूनी प्रावधान रहेको बताए।

उनले अदालतको फैसलालाई ‘अदालतको झूटा प्रक्रिया बताउदै यसले अन्तर्राष्ट्रिय न्यायिक सुनुवाईको मापदण्डमाथिको उपहास’ को संज्ञा दिएका छन् । एम्नेष्टीले यसलाई राजनैतिक रुपमा फरक विचार राख्ने तथा प्रतिपक्षिमाथिको आक्रमण भएको बताएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell