PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

सेती नदीमा हामफालेर एक जना बेपत्ता



रासस

सेती नदीमा हामफालेर एक जना बेपत्ता

पोखरा  : श्रीमतीसँगको झगडापछि एकजना पुरुष मंगलबार साँझ पोखरा–लेखनाथ महानगरपालिका–११ रामघाटस्थित सेती नदीमा हाम फाली बेपत्ता भएका छन्। 

सधैँ मादक पदार्थ सेवन गरी घर आउने गरेका झापा घर भई पोखरामा मजदुरी गर्दै आएका वर्ष ४५ का प्रकाश सापकोटा नदीमा हाम फाली बेपत्ता भएका प्रहरीले जनाएको छ। 

कोठामा श्रीमतीसँग झगडा भएपछि नुहाउन जाउँ भनी आफ्नी छोरी मनिकालाई सेती नदीको डिलमा लिएर गएकोमा उनी एकाएक नदीमा हामफालेका थिए। 

छोरीको हारगुहारपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले खोजी गरेपनि रातिसम्म भेट्टाउन नसकिएको र आज पनि खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell