PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

सुस्मिता केसीको पत्रकारलाई खुट्टा भाँच्‍ने धम्की



पहिलोपोस्ट

सुस्मिता केसीको पत्रकारलाई खुट्टा भाँच्‍ने धम्की

काठमाडौं : अभिनेत्री एवं फिल्म निर्माता सुस्मिता केसीले रङ्ग पत्रकारलाई धम्की दिएकी छिन्। उनले रमाइलोडटकमका पत्रकार उत्सव रसाइलीलाई व्यक्तिगत प्रतिष्ठाना आँच आउने म्यासेज सहित ज्यान मार्ने धम्की दिएकी हुन्।



चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य रहेका उत्सवलाई फेसबुक स्टाटसमार्फत् गिज्याएकी केसीले मेसेजमा उनको जात बारे प्रश्न गरिन्। त्यस्तै मङ्गलबार फोनमा ज्यान मार्ने धम्की दिइन्।

उत्सवका अनुसार फोनबाटै उनले 'म आधी घण्टामा आएर तँलाई ठीक पार्छु। नभाग्।'

केही समय यता सुस्मिता फेसबुकमा आक्रमक प्रस्तुत भएकी छिन्। कहिले चलचित्र ‘प्रेमगीत २’को युनिटको पक्षमा त र कहिले निर्माता सुनिल रावलको पक्षमा उभिएर।



उत्सवले भने,'जातीय विभेद र लैंगिकतालाई आधार बनाएर सामाजिक संजालमा प्रस्तुत भएकी छिन्।'

उनले आफूलाई ज्यान मार्ने धम्की दिएकोले कारबाहीको माग गरेका छन्। चलचित्र पत्रकार संघका तर्फबाट अध्यक्ष सन्दीप सापकोटाले पत्रकार उत्सवको सुरक्षा र सुस्मितालाई उचित कारबाही गर्ने बताएका छन्।

सुस्मिताले रङ्ग पत्रकार स्वस्तिका चिलुवाललाई पनि सामाजिक संजालमार्फत् गाली गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell