PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

यसकारण ४ हजार व्यापारी कारबाहीमा



रासस

यसकारण ४ हजार व्यापारी कारबाहीमा
फोटो श्रोतःwww.moi.gov.np

काठमाडौँ  :  नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले एक वर्षको अवधिमा नापतौल र पेट्रोलियम पदार्थमा ठगी गरेको आरोपमा चार हजार २२९ व्यापारीलाई कारबाही गरेको छ। 

आर्थिक वर्ष २०७३/७४ मा कार्यालयले दूध तथा दहीमा ठगी गर्ने, समयमा अनुमतिपत्र नलिने, ढकको ठाउँमा ढुंगा पत्थर प्रयोग गर्ने, ढकतराजु समयमा जाँच नगर्नेलगायत शीर्षकमा ती व्यापारीलाई कारबाही गरेको हो। 

कार्यालयका प्रमुख शशीभुषणकुमार यादवले कारबाहीमा परेका व्यापारीमध्ये २२ जनाविरुद्ध अदालतमा मुद्दा चलाइएको जानकारी दिए।

कार्यालयले नयाँ व्यापारीलाई अनुमति प्रदान, पुरानाको नवीकरण र ठगीको आरोपमा कारबाहीमा परेका व्यापारीसँग एक करोड १७ लाख ४८ हजार राजश्व संकलन गरेको छ। आर्थिक वर्ष २०७२/७३ मा कार्यालयले ८३ लाख राजश्व संकलन गरेको थियो। 

गत आर्थिक वर्षमा चार हजार ९४४ जनाले नापतौल जाँच र दुई हजार ४२६ जनाले नापतौल तथा नाप्ने तौलने यन्त्र अनुमतिपत्र लिएका थिए भने ६८ जना व्यापारीले इजाजतपत्र लिएका कार्यालयले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell