PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

माओवादीले टुङ्ग्यायो ६ मन्त्री र ३ राज्यमन्त्रीको नाम, को–को परे त ?



पहिलोपोस्ट

माओवादीले टुङ्ग्यायो ६ मन्त्री र ३ राज्यमन्त्रीको नाम, को–को परे त ?

काठमाडौः  नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्व सरकारमा सहभागी हुने ६ मन्त्री र ३ राज्यमन्त्रीको टुङगो लगाएकाे छ । पार्टी केन्द्रीय कार्यालय  परिसडाँडामा आज विहान बसेको बैठकले मन्त्रीको टुङगो लगाएको हो।

स्वास्थ्य मन्त्रीमा गिरिराजमणि पोखरेललाई र महेन्द्रबहादुर शाही ऊर्जा मन्त्रीमा पठाउने निर्णय भएको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।

त्यस्तै, टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्रालय, सन्तकुमार थारु चौधरीले पशुपंछी मन्त्रालय पाएका छन् भने शिवकुमार मण्डल,आशा खनाल कोइरालाले भने  कुन मन्त्रालय पाउने भन्ने टुङगो लागिसकेको छैन ।

राज्यमन्त्रीमा रामसिंह यादव, जाकिर हुसेन  र शम्भू श्रेष्ठको नाम टुंगो लागेको छ। अन्य थप २ राज्यमन्त्रीसमेत टुङग्याउने तयारी भइरहेको श्रेष्ठले बताए।

देउवा नेतृत्वको सरकारमा  माओवादी केन्द्रबाट यसअघि नै उपप्रधान तथा परराष्ट्रमन्त्रीमा कृष्णबहादुर महरा, गृहमन्त्रीमा जनार्दन शर्मा गृह र प्रभू साह सहरी विकास मन्त्री भइसकेका छन्। कांग्रेसवाट सहभागी हुने मन्त्रीको नाम भने अझै टुंगो लागेको छैन ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell