PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

मोफसलमा यस्तो भयो प्रेमगीत २ प्रिमियर



पहिलोपोस्ट

मोफसलमा यस्तो भयो प्रेमगीत २ प्रिमियर

काठमाडौं: फिल्म 'प्रेमगीत २'को प्रिमियर सम्पन्न भएको छ। प्रदर्शनमा आउनुअघि फिल्मको प्रदर्शन पोखरा र बुटवलमा भएको हो। नेपाली फिल्म बजारको लागि पोखरा दोस्रो ठूलो र बुटवल चौथो ठूलो बजार हो।



सामाजिक कार्यमा सक्रिय फेसबुक समूह मेन्स रुम रिलोडेड (एमआरआर)ले प्रिमियर आयोजनाका लागि पहल गरेको हो। समूहले प्रदर्शनीका लागि च्यारिटी गर्दै संकलित रकम अनाथ बालबालिकालाई शिक्षा प्रदान गर्ने कार्यमा खर्च गरिने पोखरा एमआरआर प्रमुख सुवास शर्माले बताए।



क्यूएफएक्स पोखरा र भ्यूज बुटवल हलमा आयोजित प्रथम प्रदर्शनीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री अश्लेषा ठकुरी, निर्देशक रामशरण पाठक, निर्माता एवं डेब्यु अभिनेता सन्तोष सेनको उपस्थिती रहेको थियो।

दर्शकले प्रेमगीत २ ले प्रेमगीत २ले मिलन, बिछोड, द्धन्द्ध र संगीत समावेश राम्रोसँग गरिएको प्रतिक्रिया दिए। निर्देशक पाठकले दर्शकीय सन्तुष्टि र प्रतिक्रियाबाट आफूहरुलाई थप ऊर्जा मिलेको बताए। शुक्रबार देशका ८० भन्दा बढी हलबाट फिल्म रिलिज हुँदैछ।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell