PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

कान्दाहारको सैनिक पोष्टमा तालिबानको आक्रमण, ठूलो संख्यामा सैनिक मारिएको आशङ्का



रासस

कान्दाहारको सैनिक पोष्टमा तालिबानको आक्रमण, ठूलो संख्यामा सैनिक मारिएको आशङ्का

कान्दाहार : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिबानहरुले मङ्गलबार रातभर आक्रमण गरेका छन्। 

स्थानीय नागरिकलाई उद्धृतगर्दै दिइएका केही समाचारअनुसार आक्रमणमा सैनिक पोष्टमा रहेका ठूलो संख्यामा सैनिक मारिएको आशङ्का गरिएको छ । तर यो समाचारको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन। 

उक्त सैनिक पोष्ट दुर्गम जिल्लामा पर्ने भएकोले थप अनुसन्धानका लागि सुरक्षाकर्मीहरु खटिएका र केही समयपछि यसको विस्तृत बिबरण आउने अफगान गृह मन्त्रालयले जानकारी दिएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell