PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

भक्तपुरमा गुँला पर्व सुरु



रासस

भक्तपुर : भक्तपुरमा गुँला पर्व सुरु भएको छ। परापूर्वकालदेखि भक्तपुरका शाक्य, बज्राचार्य, मानन्धर लगायतका समुदायले गुंलाथ्व पारुदेखि ञलाथ्व पारु अर्थात् साउन ९ देखि भदौ ६ गतेसम्म एक महिना विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाउने गरिन्छ। 

गुँला पर्व बुद्ध धर्मावलम्बी नेवारहरुको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व भएको बताउँदै गुँला ङकधलं व्यवस्थापन समितिका अध्यक्ष जितलाल मानन्धरले एकमहिने गुँला पर्वमा उपत्यकालगायत आसपासका चैत्य र विहारका साथै बौद्ध एवं हिन्दू धार्मिक तीर्थस्थलको परिक्रमा गरी मनाउने बताए। 

यो पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने बताउँदै उनले एक महिनासम्म पर्वमा सहभागी रहने व्रतालुले नून नखाई एक छाक मात्र खाने र पर्व अवधिभर बिहान–बेलुका पूजाअर्चना गर्ने प्रचलन छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell