PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

यस्तो छ ‘ग्याङस्टर ब्लूज’को पोस्टर, दोस्रो गीत बुधबार सार्वजनिक हुने



पहिलोपोस्ट

यस्तो छ ‘ग्याङस्टर ब्लूज’को पोस्टर, दोस्रो गीत बुधबार सार्वजनिक हुने

काठमाडौँ: फिल्म ‘ग्याङस्टर ब्लुज’को प्रचार प्रसारको क्रम तिब्र छ। ट्रेलर हुँदै एक साता अघि गीत पनि सार्वजनिक भएको फिल्मको प्रचार अस्तुका रुपमा पहिलो पोस्टर सार्वजनिक भएको छ। त्यस्तै फिल्मको दोस्रो गीत पनि बुधबार रिलिज हुँदैछ।

फिल्मको यसअघि सार्वजनिक गीतका लागि शब्द दिएका सबिन एकतारेले फिल्मको पहिलो पोस्टर सहित बुधबार गीत रिलिज हुने बारे जानकारी दिएका हुन्।



यसअघि रिलिज ट्रेलर र गीतमा फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको निर्देशक हेमराज बिसीले जानकारी दिए। सार्वजनिक पोस्टरमा फिल्मका लागि मुख्य कलाकार रहेका आना शर्मा र आशिरमान देशराज जोशीको फिचरिङ रहेको छ।

सरोज न्यौपानेले निर्माण गरेको फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन्। मधेसका युवा बिचको प्रेमकथा, ग्याङ्ग बनाउने ट्रेन्ड र आपराधिक गतिविधि फिल्मको केन्द्रमा रहेको छ।

ग्याङस्टर ब्लूजमा आशिरमान र आनासँगै संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि, अरुणा कार्की, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ। फिल्म आउँदो भदौ २ गतेबाट प्रदर्शनमा आउँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell