काठमाडौँ: राजनीतिक विषय उठान र वषय सम्बन्धित संवाद र दृश्यको कारण चर्चामा रहेको थियो फिल्म 'संरक्षण'को ट्रेलर। त्यसैले पनि फिल्मको दृश्य र संवाद कति सेन्सर होला भन्ने उत्सुकता धेरैमा थियो। जसबारे चलचित्र पत्रकार संघका अध्यक्ष समेत रहेका सेन्सर बोर्डका तर्फबाट भनेका थिए,'ट्रेलरको लागि प्रावधान छैन त्यसैले दर्शकको ध्यानाकर्षणको लागि फिल्ममा नभएको दृश्य देखाइन्छ।'
फिल्मले पिजि सर्टिफिकेट दिइयो। सेन्सरबोर्डले बुधबार फिल्मलाई प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दिएको हो।
१६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ। सन्दिप सापकोटाका अनुसार युनिटले सेल्फ सेन्सर गरेको थिएन। 'ट्रेलरमा देखाइएको अधिकांश दृश्य फिल्ममा छ।' फिल्मको केही शब्द र संवादमात्र म्यूट गर्न पर्ने भयो। 'राजनीतिक मुद्दालाई लोजिकल ढङ्गबाट प्रस्तुत गरेकोले कन्टेन्टमा कैंची लगाउनस परेन।'
फिल्म साउन २७ गतेबाटमा आउँदै छ। पूर्णेन्द्रकुमार झाको निर्देशनमा बनेको फिल्ममा निखिल उप्रेती र सौगात मल्लसँगै कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, अशिष्मा नकर्मी लगायतकोको मुख्य भूमिका रहेको छ। प्रदिपकुमार उदय र नरेन्द्र महर्जनको निर्माण रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। फिल्ममा हिमाल केसीको एक्सन छ, परवेश मल्लिकको संगीत रहेको छ।