PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

कास्कीमा साउन महिनाभर मतदाता नामावली दर्ता गरिने



रासस

कास्कीमा साउन महिनाभर मतदाता नामावली दर्ता गरिने

पोखरा : क्षेत्रीय निर्वाचन कार्यालय पोखराले कास्कीका पाँचवटै स्थानीय तहको फोटोसहितको मतदाता नामावली दर्ता साउन महिनाभरि गर्ने भएको छ। 

साउन १५ गतेसम्म कार्यालयमा र १६ गतेदेखि चार गाउँपालिकाको सदरमुकामबाट नामावली दर्ता गरिने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए। पोखरा–लेखनाथ महानगरपालिकाका ३३ वटै वडाको भने क्षेत्रीय निर्वाचनको कार्यालयबाटै नामावली दर्ता हुनेछ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell