PahiloPost

Sep 6, 2026 | २१ भदौ २०८३

संविधान संशोधनले पूर्णता पाउँदैनः बिजुक्छे



रासस

संविधान संशोधनले पूर्णता पाउँदैनः बिजुक्छे

नगरकोट : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान संशोधनले पूर्णता नपाउने बताएका छन्। 

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष विजुक्छेले  संशोधनको विषय जति उठान गरेपनि अहिलेको अवस्थामा त्यसले पूर्णता पाउन नसक्ने बताए।

अध्यक्ष बिजुक्छेले आमनेपाली जनतालाई नबुझाई सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा राजनीतिज्ञले लगाएपनि अहिले त्यो सिंहदरबारका कर्मचारी र नेताका लागि टाउको दुखाइ बनेको बताए।

उनले सबैले आफ्नो मर्यादा बिर्सदा कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकाबीच विवाद बढेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell