PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

चितवनका उद्योगीलाई ‘र’ को नेपाल प्रमुख भन्दै धक्की दिने गिरोह पक्राउ



पहिलोपोस्ट

चितवनका उद्योगीलाई ‘र’ को नेपाल प्रमुख भन्दै धक्की दिने गिरोह पक्राउ

  • राजेन्द्र आचार्य
चितवनः चितवन प्रहरीले उद्योगी व्यापारीलाई अपहरण गर्ने धक्की दिने चार जनालाई पक्राउ गरेको छ।  

आफूहरु भारतीय गुप्तचर निकाय ‘र’ को नेपाल प्रमुख भन्दै चितवनका व्यवसायीलाई धम्काउँदै पैसा असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ईश्वर बस्नेत, रामकृष्ण श्रेष्ठ, मनोज श्रेष्ठ र रोशन बस्नेत छन्। उनीहरु सवै धादिङका भएका प्रहरीले जनाएको छ।

चितवनका प्रहरी प्रमुख दीपक थापाले मुख्य योजनाकार इश्वर बस्नेत रहेका उनी सशस्त्र प्रहरीका भागौडा भएको जानकारी दिए। प्रहरीले उद्योगपतिको नाम भने खुलाएको छैन ।

चितवनका व्यवसायीहरुलाई फोन तथा एसएमएसबाट धम्की दिइ पैसा असुल गर्ने क्रममा प्रहरीलाई खबर भएको तीन घण्टामा नै उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ।

प्रहरी प्रमुख थापाका अनुसार उनीहले व्यवसायीलाई ज्यान लिनेसम्मको धम्की दिई ५० लाख रुपैयाँसम्मको रकम माग गरेको थिए।

पक्राउ परेका सबैलाई मुलुकी ऐन अपहरण तथा शरीर बन्धक उद्योग महल र अपराधिक लाभ लिन खोजेको (संगठित अपराध निवारण ऐन, २०७० ) का मुद्दा चलाईएको प्रहरीले जानकारी दिएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell