PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

तालिबानको आक्रमणमा कान्दाहारमा कम्तीमा २६ सैनिकको मृत्यु, १३ घाइते



रासस

तालिबानको आक्रमणमा कान्दाहारमा कम्तीमा २६ सैनिकको मृत्यु, १३ घाइते

कान्दाहार : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा कम्तीमा पनि २६ जना सैनिक मारिएका छन्। 

कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिबानहरुले मङ्गलबार रातभर आक्रमण गरेका थिए। त्यहाँ ठूलो सङ्ख्यामा सैनिक मारिएको अनुमान स्थानीय समाचार स्रोतले गरेको थियो। 

अफगानिस्तानको रक्षा मन्त्रालयलाई उद्धृतगर्दै दिइएको पछिल्लो समाचारमा आक्रमणमा परी २६ जना सैनिक मारिएका र अरु १३ जना घाइते भएका छन्। 

मन्त्रालयले आक्रमण भीषण रहेको र घटनास्थलमा थप सुरक्षा बल पुगेर अनुसन्धान थालेकोले हताहतको पूर्ण विवरण केही समयमा आउने कान्दाहारका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell