PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

राप्रपाद्वारा सरकारसँग वार्ता गर्न गठित समिति भंग



पहिलोपोस्ट

राप्रपाद्वारा सरकारसँग वार्ता गर्न गठित समिति भंग

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग वार्ता गर्न गठित समिति भंग गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै राप्रपाले विज्ञप्ती जारी गरी महामन्त्री जयन्त चन्दको संयोजकत्वमा गठित तीन सदस्यीय समिति भंग गरेको जनाएको हो। 

राप्रपाले सरकार गठनलगायतका विषयमा सरकारसँग वार्ता गर्न चन्दको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा राप्रपालाई सहभागी नगराएपछि उसले समिति भंग गरेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell