PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

नारायणगढ–मुग्लिन सडकमा बायोइन्जिनियरिङको काम तीव्र



रासस

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा बायोइन्जिनियरिङको काम तीव्र गतिमा भइरहेको छ। 

बायोइन्जिनियरिङ गरेर बग्न लागेको माटो तथा चट्टान रोक्ने कार्य भइरहेको हो। पहिरो जाने क्षेत्रमा भित्तामा पर्खाल लगाउने र बाँस, निगालो, अम्रिसो लगायतका वनस्पति तथा घाँस लगाउने काम भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ। 

आयोजनाका वातावरणविद् जनकराज पाठकले सडकको स्तरोन्नतिको काम सम्पन्न भएका ठाउँमा ९० प्रतिशत बायोइन्जिनियरिङको कार्य सम्पन्न भएको बताए। सडकखण्डको ५२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। 

बायोइन्जिनियरिङअन्तर्गत जुटका ठूलाठूला जालीलाई माटो बग्ने ठाउँमा किला ठोकेर माटो बग्न दिइँदैन। जालीको बीचबीचका प्वालमा घाँसका बिरुवा तथा बीउ रोप्ने काम भइरहेको पाठकले बताए।

उनका अनुसार उक्त जालीमा लगाइका बिरुवा बढ्दै जाने र बिस्तार जाली कुहिएर मलका रुपमा परिणत हुने गर्दछ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell