A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69975ac35aee72.12847835): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69975ac35aee72.12847835,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69975ac3617014.60243244): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69975ac3617014.60243244,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

एसएसपी सर्वेन्द्र खनालका तीन मिसन : सडकका खाल्डा, माइक्रोबसको स्पिड र जथाभावी चिट नियन्त्रण
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

एसएसपी सर्वेन्द्र खनालका तीन मिसन : सडकका खाल्डा, माइक्रोबसको स्पिड र जथाभावी चिट नियन्त्रण



सविन ढकाल

एसएसपी सर्वेन्द्र खनालका तीन मिसन : सडकका खाल्डा, माइक्रोबसको स्पिड र जथाभावी चिट नियन्त्रण

काठमाडौँ : मंगलबार मात्र सरुवा भएर महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगेका एसएसपी सर्वेन्द्र खनालले सात दिनभित्र उपत्यकाका खाल्डाखुल्डी पुर्न सबै सरोकारवालालाई आह्वान गरेका छन्। 

बुधबार महाशाखामा नेपाल यातायात व्यवसायीसँगको छलफलमा उनले अब सरकारको मात्र मुख हर्ने होइन, साना खाल्डाहरु आफै पुर्नुपर्ने विचार राखे। उनले यातायात व्यवसायीहरुलाई भने, 'तपाईहरुसँग भएका सवारीले सहयोग गर्नुहोस्। जहाँबाट माटो, गिट्टी, बालुवा के हुन्छ ल्याएर खाल्डा पुर्नुपर्छ।

हालैको डिआइजी बढुवा सिफारिशमा एक नम्बरमा रहेका उनले उपत्यकामा ट्राफिक जामले राष्ट्रकै बेइज्जत र लाजमर्दो भइसकेकाले सबै मिलेर जाम हटाउन लाग्नुपर्ने बताए। उनले भने, 'जामको प्रेसरले नै अहिले ट्राफिक प्रहरी र चालक समेत बिरामी हुने गरेका छन्।' 
उनले अब ट्राफिक जाम सुध्रिने समेत दावी गरे।

माइक्रोबसमा नजर

खनालले माइक्रो बस चालकलाई जथाभावी गाडी नचलाउन चेतावनी दिएका छन्। माइक्रोबस चालकले तीब्र गति र जथाभावी सवारी चलाउँदा दुर्घटना निम्तिएको भन्दै उनले अनुशासित भएर सवारी चलाउन आग्रह गरेका हुन्। 

बुधवार महाशाखामा खनाललाई भेट्न पुगेका यातायात व्यवसायीहरुसँगको छलफलमा उनले भने, 'म महाशाखा आएँ भने पहिलो काम माइक्रो बसको तीब्र गति र जथाभावी चलाउने नियन्त्रण गर्ने थियो।' 

किन माइक्रो बसले यसरी सवारी चलाउँछन्? के पिकअप धेरै छ भनेर हो? उनले प्रश्न गरे। माइक्रोबसको बारेमा यात्रुको गुनासो आएकाले आजबाट नै ट्राफिक नियममा बसेर सवारी चलाउन उनले आग्रह गरे। 

ट्राफिकले जथाभावी चिट काट्दैन  

ट्राफिक प्रहरीले सवारी चालकलाई १५ प्रतिसत कमिसनको लोभमा चिट काट्ने गरेको आरोप लाग्दै आएको छ। एसएसपी खनालले अब कुनै पनि चालकलाई जथाभावी दुःख दिने र चिट नकाट्ने बताएका छन्। 

यातायात व्यवसायीले हातमा रसिद बोकेर बाटोमा टिकट बेच्न बसेको प्रहरी जस्तै देखिएको भन्दै गुनासो गरेपछि एसएसपी खनालले भने, ‘अब प्रहरी हातमा टिकट लिएर बस्दैन मैले निर्देशन दिइसकेको छु।‘ 

तर ट्राफिक नियम मिच्नेलाई प्रहरीले नछोड्ने उनले बताए। 

यातायात व्यवसायीहरुले ट्राफिक प्रहरीलाई आधुनिक बनाउन, आवश्यक बसपार्क निर्माण, सडक व्यवस्थित नभएसम्म नयाँ रुट परमिट नदिन आग्रह गरेका थिए। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell