PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

मानव बेचबिखनको आरोपमा चार पक्राउ



रासस

मानव बेचबिखनको आरोपमा चार पक्राउ

त्रिशूली: दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी एक महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घ्याङफेदीका २२ वर्षीय कुमार तामाङ, सोही स्थानका २५ वर्षीय अर्जुन तामाङ, २६ वर्षीय राजु तामाङ र झापा महाभाराका २१ वर्षीय इन्द्रलाल राजवंशी रहेका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए। घ्याङफेदीकी २४ वर्षीया महिलालाई काठमाडौँमा काममा लगाइदिन्छु भन्दै बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले उनीहरुलाई मङ्गलबार खरानीटारबाट पक्राउ गरेको थियो।

पक्राउ परेकाहरुलाई आज मानव बेचबिखन तथा ओसारपसार ऐनअन्र्तगत नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


कुटपिटबाट मृत्यु

यसैबीच, एक अर्को घटनामा दुप्चेश्वर–५ समुन्द्रटार कामचोकमा कुटपिटबाट ३२ वर्षीय कुमार तामाङको मृत्यु भएको छ।

कुटपिटमा संलग्न तामाङका छिमेकी ४४ वर्षीय दीपक तामाङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।

मङ्गलबार दीपक र कुमारबीच घरायसी विषयमा विवाद हुँदा दीपकले कुमारलाई कुटपिट गरेका थिए। दीपकको कुटाइका कारण कुमारको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell