PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

एन्जेला मार्केलले जर्मनीको संसदीय निर्वाचन पुनः जित्ने दाबी



पहिलोपोस्ट

एन्जेला मार्केलले जर्मनीको संसदीय निर्वाचन पुनः जित्ने दाबी

बर्लिन: आगामी सेप्टेम्बरमा हुने संसदीय निर्वाचन आउन झण्डै दुई महिनाअघि गरिएको एक सर्वेक्षणले फेरि पनि जर्मन चान्सलर एन्जेला मार्केल नै सवैभन्दा बढी लोकप्रिय देखिएकी छन्। 

निर्वाचनको करिब दुई महिनाअघि गरिएको एक सर्वेक्षणअनुसार चौँथो कार्यकालका लागि उनी चान्सलर हुनसक्ने प्रतिवेदन बुधबार सार्वजनिक भएको छ। 

अनुदारवादी भगिनी पार्टीहरु क्रिश्चियन डेमोक्रेटिक युनियन र क्रिश्चियन सोसियल युनियनले ४० प्रतिशत इलेक्ट्रोरल मत पाउने सर्वेक्षणले देखाएको छ। त्यसैगरी पूर्व राष्ट्रपति मार्टिन स्चुल्जको नेतृत्वको सोसियल डेमोक्रेटिक पार्टीले २२ प्रतिशत ल्याउने अनुमान गरिएको छ। 

अन्य उम्मेदवारको तुलनामा मार्केलबाट नै मतदाता सन्तुष्ट भएको पाइएको छ। १२ वर्षदेखि जर्मन चान्सलर रहेकी मार्केललाई अहिले पनि ५२ प्रतिशत मतदाताको समर्थन रहेको छ। 

वामपन्थी पार्टी लिङ्कले नौ प्रतिशत, फ्रि डेमोक्रेटिक पार्टी र ग्रिन पार्टीले आठ प्रतिशत समर्थन पाएका छन्। त्यसैगरी दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनीले सात प्रतिशत मत पाउने सर्वेक्षणले देखाएको छ। राससरसिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell