PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

दश वर्षपछि पक्राउ परे व्यक्ति हत्याका अभियुक्त



पहिलोपोस्ट

दश वर्षपछि पक्राउ परे व्यक्ति हत्याका अभियुक्त

चरिकोट: खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा रामेछापको लिखु गाउँपालिका–७ का ३३ वर्षीय प्रमेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुंगेलका अनुसार २०६४ साउन ६ गते सोही स्थानका ३१ वर्षीय नरबहादुर बुढाथोकीको विभत्स हत्या गरेको आरोपमा उनलाई काठमाडौँबाट प्रहरीले प्रक्राउ गरेको हो।

तत्कालिन नेकपा माओवादी मा लागेर द्वन्द्वका समयमा आफ्ना बाबुको हत्या गरेको भन्दै प्रमेशले नरबहादुरको हत्या गरेको प्रहरीको भनाइ छ। नरबहादुरको हत्यापछि प्रमेश १० वर्षसम्म फरार रहेका थिए। उनलाई काठमाडौँ महानगरपालिका–२७ बाट मङ्गलबार पक्राउ गरी रामेछाप ल्याइएको हो।

उनलाई हत्या अभियोगमा कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको प्रनाउ ढुङ्गेलले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell