PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

प्रकाश र सुरजद्वारा राष्ट्रिय किर्तिमान



पहिलोपोस्ट

प्रकाश र सुरजद्वारा राष्ट्रिय किर्तिमान

काठमाडौं : ललितपुरमा भइरहेको युथ एन्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप २०१७ को तेश्रो दिन पनि नेपाली खेलाडीहरुले राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन्। ६९ केजी तौलको जुनियरमा प्रकाश केसीले स्नाचमा १०० केजी र क्लिन एन्ड जर्कमा १३२ केजी गरि कुलमा २३२ केजी भार बहन गर्दै राष्ट्रिय किर्तिमान कायम गरेका हुन्।

यस अघि यसै च्याम्पियनसिपमा युथ तथा जुनियरमा स्पर्धा गरेका नेपालकै अर्का खेलाडी सुरज बैश्यले स्नाचमा ७५ केजी र क्लिन एन्ड जर्कमा ९५ केजी भार बहन गर्दै राष्ट्रिय किर्तिमान भंग गरेका थिए। बैश्यको युथमा राष्ट्रिय किर्तिमान रह्यो। यस तौल समूहमा अशोक कुमार शाहले २०७० मा भएको लुम्बिनी च्याम्पियनसिपमा स्नाचमा ५५ केजी र क्लिन एन्ड जर्कमा ७५ केजी गरि कुलमा १३० केजीको राष्ट्रिय किर्तिमान रहेको थियो।

प्रकाश आफ्नो जुनियरमा १२औं स्थानमा र सुरज १५औं स्थानमा रहे। यस्तै सुरज युथ तर्फ १३औं स्थानमा रहे।


 

सोङ्ग कुलाई स्वर्ण

उत्तर कोरियाकी सोङ्ग कु ह्याङ्गले काठमाण्डौमा जारी युथ एन्ड जुनियर भारोत्तोलन च्याम्पियनसिप २०१७ मा ६३ केजी युथतर्फ स्वर्ण प्राप्त गरेकी छिन्। उनले कुलतर्फ २०८ केजी भार बहन गर्दै स्वर्ण हात पारेकी हुन्। सोङ्गले स्नाचमा ९६ केजीका साथ दोश्रो स्वर्ण र क्लिन एन्ड जर्कमा ११२ केजीका साथ रजत पाईन्। यस्तै युथमा उज्वेकिस्तानकी फेजुल्लेभा कुमुस्कोनले कुलमा १९७ केजीका साथ रजत र चीनकी लाईव गुईफाङ्गले १९७ केजीका साथ नै कास्य हात पारिन्। सोही विधाको स्नाचमा चाईनाकी लिआवले ९२ केजीका साथ रजत र याङ्ग क्यूछियाले ८८ केजीका साथ कास्य जितिन्। क्लिन एन्ड जर्कमा उज्वेकिस्तानकी फेजुल्लेभाले ११५ केजीका साथ स्वर्ण प्राप्त गरिन्। उक्त विधामा कोरियाकी आनसाङ्ग सुले कास्य पाईन्।

६३ केजीकै जुनियर तर्फको विधाको कुल तौलमा मंगोलियाकी गंजोरिग अन्नुजिनले १९८ केजीका साथ स्वर्ण, उज्वेक्सितानकी फेजुल्लेभाले १९७ केजीका साथ रजत र चाईनाकी लिआवले १९७ केजीकै साथ कास्य जितिन्। सोही तौलको स्नाचमा चाइनाकी लिआवले ९२ केजीका सा स्वर्ण, मंगोलियाकी गंजोरिगले ९१ केजीका साथ रजत र चाईनाकी याङ्गले ८८ केजीका साथ कास्य हात पारिन्। क्लिन एण्ड जर्कतर्फ ११५ केजीका साथ उज्वेक्सितानकी फेजुल्लेभाले स्वर्ण, १११ केजीका साथ कोरियाकी आनसि सुङ्गले रजत र १०८ केजीका साथ चाईनाकी याङ्गले कास्य जितिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell