PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

भ्रष्टचार र अनियमितता हुन दिन्न : खेलकुदमन्त्री केसी



पहिलोपोस्ट

भ्रष्टचार र अनियमितता हुन दिन्न : खेलकुदमन्त्री केसी

काठमाडौं : नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलकुदमा भ्रष्टचार र अनियमितता हुन नदिने बताएका छन्।

बुधबार शितल निवासमा शपथपछि सिंहदरबारस्थित मन्त्रालयमा पद बहाली गर्दै मन्त्री केसीले भने, ‘आफू मातहतको निकायमा भ्रष्टचार र अनियमितत हुन दिन्न। म पनि लेखा समितिमा काम गर्दै आएको छु। खेलकुदका अनियमितताका विषयमा मलाई पनि थाहा छ। पार्टीमा म निस्कलंक र इमानदार कार्यकर्ताका रुपमा स्थापित छु। त्यसैले मलाई पार्टीले जिम्मेवारी दिएको हो। आफ्नो जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध भएर अगाडि बढ्ने छु।’

उनले नेपालको भुगोल सुहाउँदो र पदकको सम्भावना भएको खेललाई प्राथमिक दिनु पर्नेमा जोड दिदै नेपाल सरकारको ध्यान मन्त्रालयमा केन्द्रीत गर्ने गरी काम गर्ने वचनवद्धता प्रकट गरे। केसीले मुलुकलाई समृद्ध बनाउन युवालाई उत्पादनमुलक काममा सहि ढंगले परिचालन गर्न आवश्यक रहेको बताउँदै खेलकुद अन्तर्राष्ट्रिय जगतमा मुलुकको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताए।

दोश्रो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० बाट निर्वाचित ५९ वर्षीय चौभार निवासी केसी राजनीति करियरमा पहिलोपटक मन्त्री बनेका हुन्।

मन्त्रालयका सचिव महेशप्रसाद दहालले मन्त्रालयअन्तर्गतका निकायका काम कर्तव्यबारे मन्त्री केसीलाई जानकारी गराउने क्रममा नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मुख्य चुनौती पूर्वाधार भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell