PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

अमेरिकाले जित्यो कोनकाकाफ गोल्डकपको उपाधि



पहिलोपोस्ट

अमेरिकाले जित्यो कोनकाकाफ गोल्डकपको उपाधि

काठमाडौं : जोर्डन मोरिसले खेल सकिन दुई मिनेट अगाडी गरेको गोल मद्दतमा आयोजक अमेरिकाले जमैकालाई पराजित गर्दै कोनकाकाफ गोल्डकपकोफ उपाधि जितेको छ। बिहिबार बिहान सम्मपन खेलमा घरेलु टोली अमेरिकाले जमैकालाई २-१ ले पराजित गर्दै छैटौँ पटक पटक कोनकाकाफ च्याम्पियन बनेको छ।

अमेरिका भन्दा मेक्सिको (७ पटक) ले मात्र सर्वाधिक उपाधि जितेको छ। जमैका भने लगातार दोस्रो पटक उपविजेतामै रोकियो। २०१५ मा पनि फाइनल खेलेको जमैका मेक्सिकोसँग हारेको थियो।

सान्टा क्लारास्थित लेभिज स्टेडियममा जोजी अल्टिडोरले पहिलो हाफको अन्त्यतिर गोल गर्दै घरेलु टोली अमेरिकालाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको पाँचौ मिनेटमै जे भगन वाट्सनले गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित समयमको खेल बराबरीतर्फ अगाडी बढिरहेको अवस्थामा जोर्डन मोरसिले ८८औं मिनेटमा निर्णायक गोल गर्दै अमेरिकालाई जित दिलाए।

च्याम्पियन टोली अमेरिकी कप्तान माइकल ब्राडली प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। ३ गोल गरेका क्यानडाका अल्फोन्सो डेविडले गोल्डेन बुट तथा जमैकाका अन्द्रे ब्लेकले गोल्डेन ग्लोभ्स अवार्ड पाए। अल्फोन्सो डेभिसले ब्राइट फ्युटर अवार्ड पनि हात पारे।

फियर प्लेको अवार्ड आयोजकले अमेरिकाले नै पायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell