PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

बार्सिलोनाको जितमा नेमारको गोल निर्णायक, युनाइटेड पराजित



पहिलोपोस्ट

बार्सिलोनाको जितमा नेमारको गोल निर्णायक, युनाइटेड पराजित

प्रि सिजन टुर अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कपमा स्पानिस क्लब बार्सिलोनाले लगातार दोस्रो जित हासिल गरेको छ। बिहिबार बिहान सम्म खेलमा नेमारको निर्णायक गोलमा बार्सिलोनाले म्यानचेष्टर युनाइटेडलाई १-० ले हरायो। बार्सिलोनाको यो लगातार दोस्रो जित हो।

यता यसअघिका दुई खेलमा म्यानचेष्टर सिटी र रियल मड्रिडलाई पराजित गरेको युनाइटेडले पहिलो हार बेहोर्‍यो।

बार्सिलोनालाई शतप्रतिशत नतिजा दिलाउन नेमारले पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो। नेमारले ३२औं मिनेटमा गोल गरेका हुन्।

यसअघि युभेन्ट्स विरुद्धको पहिलो खेलमा पनि नेमारकै दुई गोलमा बार्सिलोना विजयी भएको थियो।

प्रि सिजन टुर अघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन जाने हल्ला चलिरहेका बेला नेमारले बार्सिलवनाका लागि निर्णायक प्रदर्शन गरिरहेका छन्।

टुर अन्तर्गत अर्को खेलमा युभेन्ट्सले पेरिस सेन्ट जर्मेनलाई ३-२ ले पराजित गरेको छ। युभेन्ट्सको जितमा क्लाउडियो मार्सिसिओले २ तथा गोन्जाद्यव हग्वेनले १ गोल गरे। पेरिस सेन्ट जर्मेनका लागि गोन्सालो गोएडेस र ज्याभिएर पास्टवरले १/१ गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell